बेंगलोरको लगातार दोस्रो जित
मेरोन्यूज
२०७८ चैत २३ गते ७:५८

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।
१७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले सर्वाघिक ४४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए ।
राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो ।
राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए । शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।
बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया