शुक्रबार, पुष १८, २०८२

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. प्रिती भुसाल सगरमाथा आरोहण गर्ने

मेरोन्यूज २०७८ चैत २४ गते ९:११

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा. प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् ।

आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा. भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन् ।

कार्यक्रममा डा. भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् । यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा.भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लागेकी हुन् । रासस

प्रतिक्रिया