नोभे वैदेशिक रोजगार सुरक्षित टोल घाेषणा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । नोभे (दिक्तेलबारी)का ३३ घरमध्ये १३ घरबाट वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उलपब्धिमुलक बनाउने विधिका विषयमा पर्याप्त सूचना पाएको, विदेश गएका आफन्तको सम्पूर्ण कागजातको फोटोकपी घरमा राखेको, सीप र तालिम लिएर मात्र विदेश गएको, वित्तीय साक्षरता कक्षा पाएको, विदेशबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग भएको लगायतका मापदण्ड पूरा भएपछि टोललाई वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको हो ।
हेल्भिटास नेपालको प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी०को सहजिकरण र वैदेशिक रोजगार सरोकार समाजको सक्रियतामा वैदेशिक रोजगार सुरक्षित टोल घोषणा अभियान सफल भएको हो ।
वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवारले सुरक्षित तरिकाले विदेश जाने प्रकृयादेखि वैधानिक मेनपावरबाट मात्र विदेश जाने, मेनपावर वा एजेन्टलाई बुझाएको रकमको भरपाई वा अन्य प्रमाण लिने, सरकारले खुला नगरेका देशमा मात्र जाने, विदेश जाँदाका प्रयोग भएका कागजपत्रको प्रतिलिपि घरमा छाड्ने, विदेशमा करार अवधिभन्दा बढी बस्न नहुने, समस्या परेकोबेला सहयोग गर्ने निकायका बारेमा जानकारी राख्ने लगायत जानकारी पाएको आधारमा वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको सामीका कार्यक्रम संयोजक सन्तोष राईले बताए ।
वैदेशिक रोजगार सुरक्षित टोल अभियानका क्रममा १४ घरलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको, विदेशमा समस्यामा परेका एक जनालाई सहयोग गरिएको जनाइएको छ ।
दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको उपस्थितिमा नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । आफ्नो टोल वैदेशिक रोजगार सुरक्षित टोल घोषणासँगै अन्य टोलका आप्रवासीलाई वैदेशिक रोजगार सुरक्षित बनाउने विषयमा जानकारी दिने नोभे (दिक्तेलबारी) वित्तीय साक्षरता समुहकी मुना आचार्यले बताइन् ।
पाँच वर्षअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको अधिकारी टोल र तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत गाउँलाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको थियो ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया