नेपाल टेलिकमको खुद नाफा सात अर्ब ३३ करोड

काठमाडौँ । नेपाल टेलिकमले सात अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौँमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले साच अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।
उनले कोरोना भाइरस (कोभिड–१९)का कारण यसको राजस्वमा भने केही कमी आएको स्पष्ट पारे । ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट पाँच अर्ब ८० करोड, वायरलेस सेवाबाट तीन अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र साच अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ,’ उनले भने, ‘कोभिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’
यस्तै, टेलिकमले सेयर धनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध गराउने भएको छ । सेयर धनीहरूको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिको भनाइ छ ।
अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणका काममा तीव्रता दिइएको बताए ।

















प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
प्रतिक्रिया