यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९६ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


















टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया