मधेस प्रदेशमा शेखर पक्षको निर्णय : गठबन्धन अस्वीकार, अटेर गरे आफ्नै रणनीति

महोत्तरी । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेस प्रदेशमा गठबन्धनविरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेसका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसेर संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ । कांग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नु पर्ने कोइराला पक्षको जोड छ । ‘यदि गठबन्धन गरेता पनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,’ कोइराला पक्षधर नेता विनोद खनालले भने ।
बैठकमा ८ वटै जिल्लाका कोइराला पक्षधर नेताले संस्थापन पक्षले अन्याय गरेको बताएका छन् । चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ ।
‘हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडी बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नु पर्छ,’ प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता रामसरोज यादवले भने ।
संस्थापन इतर कांग्रेस प्यानलकै केन्द्रीय सदस्य चन्द्रमनी यादवले पनि संस्थापन पक्षले आफूहरूलाई पाखा लगाएर अगाडी बढेको गुनासो गरे । नेपाली कांग्रेसको अहिलेको स्तरलाई हेर्दा गठबन्धनको जरुरी नभएको बताउँदै नेता यादवले पहिलो चरणमा आफूहरूको निर्णयलाई सुझावका रुपमा पेस गर्ने बताए ।
मधेस प्रदेश संस्थापन इतर कोइराला पक्षले निर्णयलाई अटेर गरे चुनावमा एक्लै लड्ने संकेत गरेको छ । स्थानीय तहमा समेत एक्लै लड्ने बताउँदै नेता रामसरोज यादवले संस्थापन पक्षले जबरजस्त गर्न खोजेको आरोप लगाए ।
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया