स्थानीय तह निर्वाचन : महिलालाई जिताउने गरी अघि बढ्यौँ -नैनसिंह महर

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठवन्धनले आत्मसात गर्नुपर्ने बताएका छन् ।
‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उनले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताए ।
‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन । पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ । यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ ।
५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए ।
















राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया