दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाको घोषणा
मेरोन्यूज
२०७८ चैत २७ गते १२:२७

लन्डनउत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो ।
उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् ।
उत्तिर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक–चेओलले बताए ।
यस विषयमा स्पष्टीकरण र वार्ता गर्न सीउलले अन्तर–कोरियाली सञ्चार च्यानलहरू प्रयोग गरेको तर उत्तरले बेवास्ता गरेको उनले बताए ।
सन् १९९० को दशकमा दक्षिण कोरियाले उत्तर कोरियाको डायमन्ड माउन्टेन रिसोर्टमा दर्जनौं सुविधाहरू निर्माण गरेको थियो ।
सम्बन्धित


















ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया