अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् ।
सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए ।
नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
















हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया