मंगलबार, माघ १३, २०८२

चट्याङ लागेर महिलाको मृत्यु

मेरोन्यूज २०७८ चैत २७ गते १८:२०

काठमाडौँ । हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङ लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका ५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले घाइते भएकी उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया