आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन जारी

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आइतबारदेखि जारी छ । यो सम्मेलन भोलीसम्म चल्नेछ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न गरिएको हो ।
स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।
स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उनले बताए । सम्मेलनको पहिलो दिन ९आज० पूर्व–सम्मेलन गरिनेछ । जसमा सङ्घीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९, दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्थाजस्ता विषयमा प्रस्तुतीकरण र छलफल हुने जनाइएको छ ।
प्रस्तुतकर्तामध्येबाट एकरएक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ । यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी लेख प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ । साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कारलगायत स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान कार्यान्वयन र आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउने ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफ टाइम एचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिनेछ ।
परिषद्ले हरेक वर्ष स्वास्थ्य वैज्ञानिक सम्मेलन गर्दै आइरहेको छ । रासस
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया