मंगलबार, माघ १३, २०८२

सत्ता गठबन्धनको तालमेलको मोडालिटी टुंगो लगाउन शीर्ष नेताहरुको बैठक आज

मेरोन्यूज २०७८ चैत २८ गते ७:०५

काठमाडौं । सत्ता गठबन्धनमा चुनावी तालमेलको विषयमा आज बस्ने शीर्ष नेताहरुको बैठकले टुंगो लगाउँने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बिहान ९ बजे बस्दैछ ।
आइतबार बसेको स्थानीय निर्वाचन अनुगमन तथा परिचालन समितिको बैठकले शीर्ष नेतालाई तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा दिएको थियो ।

समितिका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा बसेको समितिको बैठकमा स्थानीय तहबाट प्राप्त प्रतिवेदनबारे छलफल भएको बताए । अधिकांश स्थानीय तहबाट प्रतिवेदन आइसकेको उनले बताए

‘सोमबार( आज) बस्ने शीर्ष नेताको बेठकले तालमेलको मोडालिटी तय गर्नेछ । आज सामान्य छलफल मात्रै भयो,’ उनले भने ।

सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र तयार गरेको थियो ।

प्रतिक्रिया