बिहीबार, पुष १७, २०८२

नयाँ वर्षमा नेपाल टेलिकमको भव्य अफर

मेरोन्यूज २०७८ चैत २८ गते २०:४४

काठमाडौँ । नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरूले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो ।

यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यो अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।

यसका साथै दुई सयदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबीको डाटा प्याक र पाँच सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक उपलब्ध गराइएको छ ।

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया