नेपाल प्रहरीका केही उच्च अधिकारी अख्तियारको छानबिनमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका केही उच्च अधिकारीलाई छानबिनको दायरामा तानेको छ । स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा उनीहरूलाई छानबिनको दायरामा ल्याएको हो ।
छानबिनमा तानिएका प्रहरी अधिकृतहरूमा एसएसपी योगबहादुर पाल, एसपी मनोज यादव, एसपी प्रेम बस्नेत, डिएसपी सुधीरराज शाही लगायतमाथि छानबिन सुरु भएको स्रोतले जनाएको छ । दुई डीआईजीहरूलाई अख्तियारले सम्पत्ति छानबिनका लागि १३ पन्ना भराइसकेको छ ।
चार वर्षदेखि प्रबन्धमा रहेका एसपी बस्नेतमाथि अख्तियारले छानबिन शुरु गएको हो । उनी आगामी जेठ महिनाबाट बिदा हुँदै छन् । विगत चार वर्षदेखि खरिद तथा प्रबन्धमा शाखामा रहेका एसपी बस्नेतले व्यवसायी र ठेकेदारसँग मिलेर गुणस्तरहिन कपडा बुझी प्रहरी कर्मचारीलाई गम्भीर घात गरेको आरोप लागेको छ ।
ठेकेदार तथा नेपाल प्रहरीका पूर्व सई ज्ञानेन्द्र बस्नेतको सेटिङमा गुणस्तरहिन कपडा ल्याएको त्यो कपडा प्रहरी कर्मचारीले लगाउँदा तीन महिना पनि नटिक्ने आरोप लागेको छ । अख्तियारले सोही विषयमा अनुसन्धान शुरु गरेको हो ।
त्यस्तै, एसएसपी पाल प्रहरीका विवादास्पद र पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनी सोलुखुम्बुमा हुँदा गम्भिर किसिमको घटनामा मुछिएर तानिएका व्यक्ति हुन् ।
उनले पछिल्लो समय नेपाली कांग्रेसका विभिन्न नेताहरूको नाम लिएर आर्थिक अनियमियता गरेको आरोप लागेको छ । एसपी यादव गत हप्तासम्म पश्चिम नवलपरासीमा कार्यरत थिए । त्यहाँ उनले तस्करीको लाइन खुलाएर पैसा कमाएको स्रोत बताउँछ ।
त्यस्तै, उनको शैक्षिक प्रमाण पत्रसमेत शंकास्पद रहेको अख्तियारका एक अधिकारीले बताए । विगतमा पनि उनीमाथि छानबिन भएकोमा रोक्न सफल भएका थिए । प्रहरीका अन्य केही उच्च अधिकारीविरुद्ध समेत उजुरी परे पनि विस्तृत छानबिन गरिएको छैन ।
दुई डीआईजीहरूलाई पनि १३ पन्ना भराएकाले उनीहरू पनि छानबिनको दायरामा रहेको अख्तियार स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयमा रहेका र बढुवाका लागि दाबेदार रहेका दुई डीआईजीहरू छानबिनको दायरामा रहेको स्रोतको दाबी छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया