बुधबार, वैशाख १६, २०८३

अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत: काठमाडौं जिल्ला प्रशासन

मेरोन्यूज २०७८ चैत २९ गते ६:४३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ।
काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत रहेको जनाएको हो।
सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ फोहर व्यवस्थापन हुन सकेको थिएन। यसरी पटकपटक अत्यावश्यक सेवा बन्द गरिँदा समस्या उत्पन्न भएको भन्दै आगामी दिनमा फोहरमैलाको व्यवस्थित विसर्जन कार्यमा सहयोग गर्न पनि स्थानीयलाई सूचनामार्फत आग्रह गरिएको छ।

Advertisement
NiccNicc

आगामी दिनमा पनि यस्ता गतिविधि गरेको पाइए कानुनी कारबाही गरिने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ । दश दिनपछि आजदेखि उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः सुरु भएको छ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८–२–१७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहरमैला व्यवस्थापनलाई पनि आवश्यक सेवाभित्र राखेको जानकारी सूचनामा गराइएको छ। रासस

प्रतिक्रिया