मंगलबार, माघ १३, २०८२

प्रधानमन्त्री चुनाव सार्ने षड्यन्त्रमा छन् : अध्यक्ष ओली

विप्लवलाई ओलीको प्रस्ताव : सूर्य चिन्हमा चुनाव लड्न आउनुहोस्

मेरोन्यूज २०७८ चैत २९ गते १६:१२

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोल लगाएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देउवासहित प्रचण्ड–माधव नेपालहरू निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको बताए ।

विप्लव समूहको पार्टीलाई अघि सारेर चुनाव रोक्ने षड्यान्त्र भइरहेको ओलीले दाबी गरे । ‘तपाईंको नेता तपाईंकै हुन्छ, कार्यकर्ता तपाईंकै हुन्छ, आउनुहोस् सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्ने तरिका यो हो नि,’ अध्यक्ष ओलीले विप्लवलाई आग्रह गर्दै भने, ‘तपाईंहरूलाई इमान्दार नेताका रुपमा लिएका छौँ ।’

ओलीले आगामी वैशाख ३० गते हुने निर्वाचन रोक्ने काम भए लोकतन्त्रविरुद्ध हुने बताए । यस क्रममा उनले गठबन्धनले देशलाई कंगाल बनाइसकेको दाबी गर्दै यो सरकार अभिसाप र दुर्भाग्य भएको बताए ।

‘शरीरबाट गोली ननिकालेकाहरू, दुःख पाएका योद्धाहरू जिउँदै छन्,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै उनले भने, ‘आज एउटा सिट मनोनित गर्ने ठाउँमा भाइलाई मनोनित गरे, सांसद बनाउन बुहारी, मेयर बनाउन छोरी चाहियो ।’

प्रतिक्रिया