आइतबार, वैशाख ६, २०८३

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ

मेरोन्यूज २०७८ चैत २९ गते १७:३४

पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको छ ।प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ सोमबार पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएका छन ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग, नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।सोमबार नै राति आयोयित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेका थिए ।शरिफले पाकिस्तानको हालको विपक्षी दलको नेतृत्व गर्दै आएका थिए । उनी ७० वर्षका छन । शेहबाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन। लाहोरमा जन्मिउका उानी शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने भएका छन। विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएको र त्यसलगत्तै सोमाबार नयाँ प्रधानमन्त्री चयनका लागि मतदान भएको थियो ।

प्रतिक्रिया