नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपालले थप दुई वटा देशसँग कुटनीतिक सम्वनध कायम गरेको छ । दक्षिण सुडान र बेलिजसँग नेपालले थप कुटनीतिक सम्वनध कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिइन् ।
उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन् ।
उनले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बबताइन् ।
प्रवक्ता लम्सालले भनिन्, ‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषयहरु पनि धेरै आएका छन् । हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसावले अहिले यूएनमा इमर्जेन्सी स्पेशल सेसन चलिरहेको छ । १७ औँ सेसन चलिरहेको छ । त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ । त्यसमा नेपालले आफ्नो मत अभिमत, आफ्नो धारणा कन्ट्रीको पोजिशन, मन्तव्य, वक्तव्य सबै जारी गर्दै आएको छ । त्यसमास विभिन्न सवालमा हामीले हामीले मेरिटको आधारमा आफ्नो मतलाई जाहेर गर्दै, प्रकट गर्दै आएका छौँ । हामीले महत्वका आधारमा ४ वटा ठाउँमा हामीले युक्रेनको पक्षमा भोट गरेका छौँ । २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेका छौँ । अब १७६ मुलुकसँग हाम्रो कुटनीतिक सम्बन्ध कायम भएको छ ।’
प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालीरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताइन् ।
नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि लम्सालको भनाइृ थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया