घोषणापत्रमा बालबालिकाको सवाल समावेश गर्न आग्रह

काठमाडौं । वैशाख ३० गतेका लागि घोषित स्थानीय निकायको निर्वाचन घोषणापत्रमा बालबालिकाका सवाललाई समावेश गर्न बुधबार राजधानीमा भएको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
कन्सोटियन नेपालले राजनीतिक दलहरूका प्रतिनिधि र बालबालिकासँगको अन्तरसम्वाद कार्यक्रममा सहभागी बालबालिकाले निर्वाचनमा आफ्ना सवाल समावेश गरिदिन राजनीतिक दलसँग आग्रह गरे । साथै उनीहरूले निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न आग्रह गरे ।
त्यसका लागि बालबालिकाको प्रयोगबारे अनुगमन गर्न, निर्वाचन अभियानमा नागरिक समाजको सक्रियता, जनचेतना एवं अभिमुखीकरणको काम गर्न, चुनाव प्रचार-प्रसार, विजय जुलुश आदि जस्ता कार्यमा बालबालिकालाई सहभागी नगराउन आग्रह गरे ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले बालबालिकाहरूले उठाएको माग आआफ्नो राजनीतिक दलको घोषणापत्रमा राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला कार्की, नेपाली कांग्रेस घोषणापत्र तयारी समितिका सदस्य बंशलाल तामांग, नेकपा माओवादी केन्द्रका डिल्लीराम आचार्य, जनता समाजवाद पार्टीका केन्द्रीय सदस्य दुर्गा सोवलगायतले बालबालिकाको दुरुपयोग नगर्ने र बालबालिकाका सवाल आआफ्नो घोषणापत्रमा राख्ने प्रतिबद्धताका जनाए ।
निर्वाचनमा बालबालिकाका विषयः बालबालिकाकै नेतृत्वमा भन्ने मूल अभियान कार्यक्रम आयोजक कन्सोटियन नेपालले गर्दै आएको अध्यक्ष मोहन दंगालले बताए । कार्यक्रममा देशभरका बालबालिका सहभागी थिए ।
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया