रुपा गाउँपालिकाका अध्यक्ष ओझाले फिर्ता गरे गाडी
मेरोन्यूज
२०७९ वैशाख १ गते ८:०५

पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा उनको नाम एमालेबाट सिफारिस भएको छ ।
यद्यपी उम्मेद्वारको टुंगो लागेको भने छैन ।उनले प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई गाडीको चावी हस्तान्तरण गरेका हुन् । निर्वाचनलाई स्वच्छ बनाउनका लागि आफुले सरकारी गाडी प्रयोग नगरेको ओझाले बताए ।
‘रुपमा नेकपा एमालेको तर्फवाट अध्यक्षमा उठ्ने जानकारी गराउँदै आजवाट स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरेको छु,’ उनले भने, ‘गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत समक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।’
जनताको विकासप्रतिको चाहना अझै पूरा गर्न बाँकी रहेकोले आफूले दोहोर्याउन लागेको ओझाको भनाई छ ।
सम्बन्धित
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया