एक सातामा नेप्से ४९.०७ अंकले गिरावट

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ । नेपाली शेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ ।
अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार पाँचौ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द भयो ।
साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । बिहीबार पनि सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहेको छ ।
साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो ।
मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो ।
बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार एक अर्ब ५२ करोडको शेयर खरिद बिक्री भएको थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया