एक सातामा नेप्से ४९.०७ अंकले गिरावट

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ । नेपाली शेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ ।
अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार पाँचौ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द भयो ।
साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । बिहीबार पनि सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहेको छ ।
साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो ।
मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो ।
बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार एक अर्ब ५२ करोडको शेयर खरिद बिक्री भएको थियो ।
















हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया