बिहीबार, चैत १९, २०८२

एमालेले पोखरा महानगरपालिकाको उम्मेदवार आन्तरिक चुनावबाट छान्ने

मेरोन्यूज २०७९ वैशाख १ गते २०:३९

काठमाडौँ । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्‍वार छनौट गर्न चुनाव हुने भएको छ । मेयर र उपमेयरको उम्मेद्‍वार चयन गर्न भोलि शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म मतदान हुने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सार्वजनिक निर्वाचन कार्य तालिकाअनुसार भोलि नै मत परिणाम सार्वजनिक हुने भएको छ । पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामाले आकांक्षी रहेका छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् ।

त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षी रहेका छन् । जसमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी)लगायत रहेका छन् ।

प्रतिक्रिया