श्रीलंकामा आर्थिक संकटका कारण औषधि अभाव

काठमाडौँ । श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधि अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीको भनाइ छ ।
अत्यावश्यक औषधि तथा उपकरण छिमेकी तथा सहयोगी मुलुकहरूसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।
दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ ।
अभाव र मूल्य वृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक संकट पनि थपिएको छ । तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहे पनि प्रभावकारी काम हुन सकेको छैन ।
सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचनासमेत भइरहेको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया