एमालेबाट पोखराको मेयर र उपमेयर टुंगो लगाउन आन्तरिक मतदान हुँदै

काठमाडौँ । पोखरा महानगरपालिकामा आज नेकपा एमालेले उम्मेदवार छान्न मतदान गर्ने भएको छ । नेकपा एमालेबाट महानगरको मेयर र उपमेयर छनौट गर्न चुनाव गर्ने भएको हो ।
मेयर र उपमेयरको उम्मेद्वार चयन गर्न आज दिउँसो १२ देखि १ बजेसम्म मतदान हुने भएको हो । मतदान भएसँगै आजै उम्मेदवारको नाम टुंगो लाग्ने भएको छ ।
पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामाले आकांक्षी रहेका छन् ।
त्यस्तै, महानगरको उपमेयरमा ११ जना आकांक्षी रहेका छन् । जसमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी)लगायत रहेका छन् ।
मेयर र उपमेयरमा आकांक्षी धेरै भएसँगै एमाले पोखरा महानगरले आन्तरिक निर्वाचनबाट नाम टुंगो लगाउने भएको हो ।
















हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया