युक्रेनको आक्रमणमा परी रुसी युद्धपोत डुब्यो

काठमाडौँ । रुसले युक्रेनमाथि हमला गरेको ५१ दिन बितिसकेको छ । यसैबीच, युक्रेनी आक्रमणको सिकार भएको रुसी युद्धपोत डुबेको छ ।
रुसी रक्षा मन्त्रालयले बिहीबार राति युक्रेनमा सैन्य कारबाहीका क्रममा नोक्सान भएपछि युद्धपोत मोस्कभा ब्ल्याक सागरमा डुबेको बताएको छ । जहाज तान्ने क्रममा सन्तुलन गुमाउँदा डुबेको समाचारमा जनाइएको छ ।
युक्रेनको दक्षिणी सैन्य कमाण्डले बुधबार गरेको दाबीअनुसार नेप्च्युन एन्टी शिप मिसाइलद्वारा रूसी युद्धपोत मोस्क्वालाई ध्वस्त पारेको हो । आक्रमणपछि यो डुब्न थाल्यो र चालक दल जहाज त्याग्न बाध्य भएका थिए ।
तर, रुसले युद्धपोतमा मिसाइल हमला भएको खण्डन गरेको छ । रुसले युद्धपोतमा आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान गरिने जनाएको छ ।
युक्रेनका सबै क्षेत्रमा रुसले एकैसाथ हवाई हमलाको चेतावनी दिइएको छ । किभ इन्डिपेन्डेन्टका अनुसार राजधानी किभमा शुक्रबार बिहान विस्फोट भएको जानकारी प्राप्त भएको थियो । एकपछि अर्को ३ वटा विस्फोट भएका छन् । एजेन्सी

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया