कविता
कमरेड सोच्नु भएको छ के हुन्छ ?

एक पटक हेर्नुस् त कमरेड
आलै छ अझै
सहिदले बगाएको रगत
तर तपाईं भने डुब्न पुग्नु भएको छ सोमरसमा
अझै छन् होला
हजारौं सपना देख्दा देख्दै
ढलेकाहरुको अस्थिपन्जर पाखा पखेराहरुमा
तर तपाईंभने निमुखाहरुको
हाडछाला लुछ्दा लुछ्दै थाक्नुभएको छैन ।
कमरेड याद आउँछ आउँदैन तपाईंलाई
फूलमतीको हातमा बन्दुक राखिदिएर
पितृसत्ता ढलाउन भन्दै गरेको भाषण
यदि त्यही बन्दुक आज
फूलमतीले तपाईंको छातीमा तेर्साइ भने
सोच्नुभएको छ के हुन्छ ?
पढ्दा पढ्दै एउटा बालकको हातबाट
खोस्नुभएको थियो कलम
दलालहरु संगै मिलेर हस्ताक्षर गरेको कलम
यदि आज त्यही बालकले खोस्यो भने
तपाईंको हातबाट
कमरेड सोच्नुभएको छ के हुन्छ ?
आज फूलमती र ती साना बालकहरु
फेरि जुर्मुराउदै उठेका छन्
कलम संगै बन्दुक बोक्न
अब तपाईं चरम निन्द्राबाट ब्युझिएर हेर्नुस्
सबैभन्दा पहिले तपाईंको छातीमा तेर्सियो भने बन्दुक
कमरेड सोच्नुभएको छ के हुन्छ ?
लेखक फुलमती विद्यार्थी हुन्, उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा आबद्ध छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया