कविता
हुरिले झरेका पात

हुरिले पात झारे जस्तै
बररररररर
नियुक्तीहरु झरे
कोहि ईधर गिरे
कोहि उधर गिरे
कोहि हावाले उडाएर
टुप्लुक्क
सात समुद्र पारी पुगे ।
बडका भलमंसा
भतिज रामलाललाई भन्दै थिए
रोग लागेका
सुखेका
कमजोर पात
हुरिले झर्छन ।
जनता कराउँदै छ्न
र भन्दै छ्न
तिम्रा हैन
राम्रो छान ।
जिम्वाल हरुले सुने पो
चासो राखे पो
जनता भन्दा
आसेपासेको
स्वार्थ पुर्ती गर्नु छ
एनि हाउ
चुनाव जित्नु छ
सत्ताको चासनी चाख्नु छ ।
कस्ता मान्छे छान्दा
देशको प्रतिष्ठा बढ्छ
हाम्रो इज्जत बढ्छ
त्यो सोच्ने फुर्सद, चासो
कसलाई छ ?
ज्याद्रा भएका छ्न सत्ताले मातेर
कुरा तर्कले जित्न न सक्ने
गुंडा शैलीमा
धम्काउंदै तर्साउंदै ठिक्क ।
देशको हालत हेर्दा
मुहम्मद गजनीले
सोमनाथको मंदिरमा
लुटपाट मचाए जस्तो ।
नेता चुन्नेहरु
चुनाव आउंदै छ
ईमानदार चुन
सत्य बोल्ने चुन
काम गर्न सक्ने चुन
देशलाई माया गर्ने चुन ।
लेखक मल्ल नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया