कविता
हुरिले झरेका पात

हुरिले पात झारे जस्तै
बररररररर
नियुक्तीहरु झरे
कोहि ईधर गिरे
कोहि उधर गिरे
कोहि हावाले उडाएर
टुप्लुक्क
सात समुद्र पारी पुगे ।
बडका भलमंसा
भतिज रामलाललाई भन्दै थिए
रोग लागेका
सुखेका
कमजोर पात
हुरिले झर्छन ।
जनता कराउँदै छ्न
र भन्दै छ्न
तिम्रा हैन
राम्रो छान ।
जिम्वाल हरुले सुने पो
चासो राखे पो
जनता भन्दा
आसेपासेको
स्वार्थ पुर्ती गर्नु छ
एनि हाउ
चुनाव जित्नु छ
सत्ताको चासनी चाख्नु छ ।
कस्ता मान्छे छान्दा
देशको प्रतिष्ठा बढ्छ
हाम्रो इज्जत बढ्छ
त्यो सोच्ने फुर्सद, चासो
कसलाई छ ?
ज्याद्रा भएका छ्न सत्ताले मातेर
कुरा तर्कले जित्न न सक्ने
गुंडा शैलीमा
धम्काउंदै तर्साउंदै ठिक्क ।
देशको हालत हेर्दा
मुहम्मद गजनीले
सोमनाथको मंदिरमा
लुटपाट मचाए जस्तो ।
नेता चुन्नेहरु
चुनाव आउंदै छ
ईमानदार चुन
सत्य बोल्ने चुन
काम गर्न सक्ने चुन
देशलाई माया गर्ने चुन ।
लेखक मल्ल नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया