चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ
रौतहट । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ बर्षिय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआईजी गणेश ठाडा मगरले बताएका छन ।
भारतीय नागरिक साहको साथबाट एककिलो दुईसय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कार्वाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाईएको डिआईजी मगरले जानकारी दिएका छन ।















प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया