बिहीबार, पुष १७, २०८२

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् सुविधा

मेरोन्यूज २०७९ वैशाख ४ गते १८:५१

काठमाडौँ । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर भोलिदेखि उपलब्ध गराउने भएको छ ।

कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । यस्तै, कम्पनीले ९९९ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सक्ने सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ । यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा प्याक अवधिमा चार सय र हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

स्प्रिङ अफरअन्तर्गत ग्राहकहरुको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएका छन् । सेवाग्राहीहरूको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरूको रुची अनुसारका केही प्याकहरूको मूल्य अझै कम गरिएको छ ।

कम्पनीका नेटवर्कबाट कुनै पनि नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध हुनेछ । यीबाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुने छन् ।

स्प्रिङ अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यायच डायल गर्नु पर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया