पल शाह प्रकारण : नाबालिग गायिकाकै बुवाले फेरे बयान

काठमाडौँ । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ ।
बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ। १६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुवै अदालतमा मुद्दा दायर भएको थियो ।
दुवै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । हाल उनी तनहुँ कारागारमा छन् ।
योसँगै शाहलाई राहत पुग्ने देखिएको छ । पीडित पक्षले बयान फेरेसँगै मुद्दा कमजोर हुने छ । पीडितले नै आफूमाथि बलात्कार भएको होइन भनेर बयान दिएको खण्डमा भने पीडक भनिएको पक्षलाई राहत पुग्ने छ । तर यसरी बयान फेर्दा पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना पनि रहन्छ ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया