आज मीनलाई अर्थ लाभ, अन्य राशीको कस्तो ?

काठमाडौं । आज ५ वैशाख, २०७९ सोमबार । तद्नुसार अप्रिल महिनाको १८ तारिक २०२२ । वैशाखकृष्णपक्ष द्वीतीया, श्रीसूर्य उत्तरायण वसन्तऋतु, तैलित करण स्वाती नक्षत्र, सिद्धि योग, चन्द्रमा तुला राशीमा छ ।
आज बिहान सूर्योदय ५ः३९ मा भएको छ भने सूर्यास्त १८ः३० मा हुनेछ । सोमबार देवादिदेव महादेवका प्रिय बार हो । सोमबारको दिन शिवालय यात्रा गर्दा मन प्रसन्न हुनेछ । आज ११ः३८ देखि १२ः२९ सम्म शुभ समय रहेको छ । आर्थिक कारोबार, बाहन खरिद र शुभकार्यको लागि सोमबार उपयुक्त मानिन्छ । सोमबारको दिन शिवध्यान साधना गर्नु पर्दछ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशिको जातकका लागि आजको दिन अर्थ लाभ हुनेछ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्ने भएकाले ध्यान दिनुहोला । सकारात्मक सोच, चिन्तन र परोपरकारी सोचले फाइदा हुनेछ ।
वृष
विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ । तर, मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । सकारात्मक सोचकाअनुसार सबैको भलो चिताएर काम गर्नु बेस हुनेछ ।
मिथुन
आज समय र दिन अनुकुल छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । त्यसैले जे सोचेर काम गर्नुहुन्छ फल प्राप्त हुनेछ । सबैको भलो सोचेर काम गर्नुभयो भने भलो हुनेछ ।
कर्कट
आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा चिन्ता छाउन सक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईंका संकट समस्या समाधान हुनसक्छ ।
सिंह
सिंह राशिका जातकका लागि आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या
आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिला दुवैले आजको दिन कसैसँग विवाद नगर्नु नै वेबस हुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नुभयो भने उत्तम हुनेछ ।
तुला
तपाईंले आजको दिन सुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ । चन्द्रमाको साथ छ ।
आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।
वृश्चिक
आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । सकारात्मक सोचका कारण मनमा खुसियाली छाउनेछ ।
धनु
तपाईंले गरिरहनु भएको कामबाट धन लाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।
मकर
अर्थलाभ हुने संभावना छ । कसैलाई अर्थ सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।
कुम्भ
यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।
मीन
शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात मीन राशिका जातकले आजको दिन कुनै पनि शुभकर्म गर्नुभएको छ साताका दिनमा नयाँ सफलता मिल्नेछ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया