रौटहटमा दुईवटा मोटरसाइकल ठोकिदा एकको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख ५ गते ८:५३

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो ।
बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।
दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन् । सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।
सम्बन्धित
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया