पोखरामा कांग्रेसले नेकपा एससँग चुनावी तालमेल नगर्ने

काठमाडौँ । नेपाली कांग्रेस कास्कीले गठबन्धन दल नेकपा एकीकृत समाजवादीसँग सहकार्य नगर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा एससँग प्रतिस्पर्धा गर्ने भएको हो ।
कास्कीमा नेकपा एसले अस्वभाविक पदको माग राख्दै दाबी गरेको भन्दै कांग्रेसले सहकार्य गर्न नसक्ने बताएको हो । जिल्ला सचिवहरू देवेन्द्र रानाभाट र भानुभक्त ढकालले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग व्यापक छलफल हुँदा पनि अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरूको राय सुझावसमेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरूसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने तर नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’
यसैबीच कास्की कांग्रेसले अन्य गठबन्धनका दलहरूसँग भने सहकार्य गरेर अगाडि जाने जनाएको छ । साथै पोखरा महानगर पालिकाको मेयरका सम्बन्धमा संचार माध्यममा आएको हल्लाका पछाडि नलाग्नु सबैलाई अपिल गरेको छ ।

















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया