आसाममा चट्याङ लागेर १४ को मृत्यु
मेरोन्यूज
२०७९ वैशाख ५ गते १६:३५
काठमाडौँ । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । आइतबार आएको भिषण वर्षा र चट्याङमा परेर उनीहरूको मृत्यु भएको समाचारमा जनाइएको छ ।
आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो ।
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो । यस्तै, आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति घाइते भएका अधिकारीले जनाएका छन् ।
यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया