पूर्वी युक्रेनमा रुसको बृहत हमला, दोस्रो चरणको युद्ध सुरु

किभ । रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरूवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन् ।
युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणको युद्ध सुरु भएको बताएका छन् । पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन् । यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए ।
‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने । युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए ।
रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो । ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन् ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया