बुधबार, माघ १४, २०८२

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु

मेरोन्यूज २०७९ वैशाख ६ गते १५:२५

काठमाडौँ । सत्ता गठबन्धन दलको शीर्ष नेताहरूको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।

आजको बैठकमा महानगर र उपमहानगरको मेयर र उपपमेयर बाँडफाँड गर्ने भएको छ । आज ११ः३० बजे बस्ने भनिएको बैठक ३ बजेदेखि शुरु भएको हो ।

गत आइतबारदेखि बसेको बैठक सोमबार मात्रै दुईपटक बसेको थियो । कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी गरेपछि बैठक लम्बिएको हो ।

प्रतिक्रिया