सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा प्रोजेक्टको वित्तीय समापन सम्पन्न

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो ।
तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् । उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।













जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोग छलफलमा
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया