एसईई परीक्षाको सबै तयारी पूरा
काठमाडौँ । भोलि शुक्रबारदेखि शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ ।
कोरोना महामारीले शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
जिल्ला शिक्षा समन्वय समितिका अनुसार यस वर्षको परीक्षामा मोरङमा कूल १८ हजार ४९६ विद्यार्थी सहभागी हुनेछ । तीमध्ये साधारणतर्फ १७ हजार ८५१, प्राविधिक ५६० र पुनः परीक्षा दिएर उर्तीण भएका ग्रेड वृद्धि विद्यार्थीका संख्या ८५ छन् ।
परीक्षालाई व्यवस्थित एवं मर्यादित बनाउन जिल्लामा परीक्षा केन्द्र ७१, केन्द्राध्यक्ष ७१, सहायक केन्द्राध्यक्ष १२२, निरीक्षक ९२२, परीक्षा सहायक १८६, कार्यालय सहयोगी ३७१ सहित एक हजार ६७२ जनशक्ति परिचालन हुने जिल्ला शिक्षा समन्वय अधिकारी टंक गौतमले जानकारी दिए ।
उनले परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको छ । परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको बताए ।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया