बुधबार, माघ १४, २०८२

जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन शुरु

मेरोन्यूज २०७९ वैशाख ८ गते १७:१६

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरू जिल्लामा पठाउन थालेको छ । आजबाट ती सामाग्री जिल्लामा पठाउन शुरु गरिएको आयोगजले जनाएको छ ।

‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाइँदै छ, अन्य जिल्लामा पनि क्रमस निर्वाचन सामाग्री पठाइन्छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया