बुधबार, माघ १४, २०८२

भिरबाट लडेर म्यादी प्रहरी मृत्यु

मेरोन्यूज २०७९ वैशाख ८ गते २०:१२

सिन्धुपाल्चोक । जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भिरबाट लडेर ज्यान गएको छ ।

चौतारा सागाचोकगढी नगरपालिका ६ का दुर्गासिंह बस्नेत सोही नगरपालिका ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बुधबार म्यादी प्रहरीको प्रशिक्षण कार्य सम्पन्न भए पश्चात् घर फर्किने क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे चौतारा ६ पिपलडाँडास्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर ४० वर्षीय बस्नेतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उनका अनुसार भिरबाट लडेका म्यादी प्रहरी बस्नेतको शव ४० मिटर तल फेला परेको हो ।

प्रतिक्रिया