कांग्रेसको निर्वाचन परिचालन उपसमितिमा संयोजकहरु तोकिए

काठमाडौँ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिमा संयोजक मनोनयन गरिएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरुमा संयोजक मनोनयन गरेका छन् ।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति मिनबहादुर विश्वकर्म आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, प्रदीप पौडेल अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, मदनबहादुर अमात्य शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, उदय शमशेर राणा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जितजंग बस्नेत जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरी खतिवडा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिका संयोजक तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया