स्थानीय तह निर्वाचन : बर्दिबासले सार्वजनिक गर्यो कार्यतालिका

बर्दिबास । स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् ।
उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको समय राखेको छ। उम्मेदवार मनोनयन दर्ता गर्न ११ वैशाखदेखि १२ वैशाखसम्म बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुला गरिएको छ ।
उम्मेदवारी दर्ता भएका उम्मेदवारको सूची १२ वैशाखकै बेलुका ५ बजेदेखि ६ बजेको बीचमा प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा १ अनुसार व्यवस्था गरिएको उम्मेदवारविरुद्ध उजुरी दिन १३ वैशाख बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
१४ वैशाख र १५ वैशाखमा उजुरीउपर निर्णय भएपछि १५ वैशाखमा उम्मेदवारको नाम प्रकाशन गरिने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए ।
अन्तिम नामावली भने १६ वैशाखमा प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई चिन्ह प्रदान गरेपछि ३० वैशाख बिहान ७ बजेदेखि नै मतदान सुरु हुनेछ ।
बर्दिबास नगरपालिकामा ५८ मतदानस्थल छन् भने ती स्थलमा झण्डै ४७ हजार मतदाताले मतदान गर्नेछन ।
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया