मुगु कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस

मुगु । नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।
शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरी निर्णाथको लागि कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई सिफारिस गरिएको कांग्रेस प्रवक्ता प्रकाश कुमार शाहीले बताए ।
उक्त मेयर पदका लागि हरिजंग शाही, जयबहादुर हितान, सूर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंह बहादुर मल्ल, विष्णु कुमार भाम र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, उपमेयरमा कांग्रेसले रामदेवी खड्का, ऐश्वर्य मल्ल, ईश्वरदेवी रावल, खम्मेनी कामी र जसा नेपालीलाई सिफारिस गरेको हो ।
कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरको लागि एक–एक जनाको नाम सिफारिस गर्न नसक्ने अवस्था आएपछि निर्णाथको निम्ति प्रदेश कार्य समितिमा पठाउनु पर्ने बाध्यत्मक परिस्थिति उत्पन्न भएको प्रवक्ता शाहीको भनाइ छ ।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया