शुक्रबार, वैशाख २५, २०८३

कविताः

सम्वत्सर

केशव सुवेदी २०७९ वैशाख १० गते १०:५६

दुई हजार उनासी एकमहिना, एकै गतेका दिन
केहि विज्ञहरुको बिचमा भयो विमर्श एकैछिन
अ‍ैलेको नलनाम सम्वतसरले कस्तो दिनेछ फल
आपसमा मतभेद भइ मनमुटाव, हुनेछ धेरै कलह

Advertisement
NiccNicc

सुख्खा धेरै खडेरी किसानहरुमा, हुनेछ गाहे अति
वर्षा धेरै भइकन कुनै मुलुकमा, हुनेछ धेरै खती
आफ्नो पेट भरने कुकर्म गरने, हुनेछ गैरकार्य नि
हुनेछैन निसाफ प्रजाहरुमा, खटपट सधै भैरनि

लेखक केशव सुवेदी

विकासमा हुनेछैन घरको ख्यालहुन्न खेत बारीको
होला शान्ति बरुकुनैदिन, बढ्नेछ हुकुम नारीको
केहि हुन्न विवेकपुरुषमा, जुग्को प्रभावले गरी
अर्काको धनखाने अविलाषा, आउदैन मनमा हरी

सरकारले पनि फेरी राख्छ ऐन, जस्ले कराएपनि
नीति शाश्त्र सित मिलाएर लेखिनु, रपो राम्रो हुन्छ तनि
फेदैमा विधान आफुखुसि, दाउपर्छ ककस्तो गरे
लाग्छन पछि क्षणिक सुखमहा, ज्ञानछैन उनलाई हरे

गर्दैनन उपकार तील् जति पनि, गर्छन बिगारै बरु
बासगर्छ कलीले सबैको हृदयमा, बिग्रियो मती के गरुँ ?

नब्बे वर्षिय वृद्ध कविको मनमा नयाँ सालको पुर्वसन्ध्यामा उब्जिएको भावना । लेखक केशव सुवेदी म्याग्दी जिल्लाको रघुगंगाको स्थाई बासिन्दा हुन् हाल उनि काठमाण्डौंमा बस्दै आएका छन् ।

प्रतिक्रिया