लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द
मेरोन्यूज
२०७९ वैशाख ११ गते ९:३०

लमजुङ । लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।
वैशाख ११ गते आइतबारबाट १३ गते मंगलबारसम्म बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले बताइन् ।
उनका अनुसार बेंसीशहर फिडरबाट विद्युत वितरण हुँदै आएको बेसीशहर नगरपालिका, मर्स्याङदी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।
बेसीशहर नगरपालिका १ दलालस्थित २२० केभी प्रसारण लाइन आयोजनाको तार तान्ने कार्य गर्नुपर्ने भएको र उक्त लाइनमा बेसीशहर फिडर क्रसिङ पर्ने भएकाले लाइन काटिने भएको हो ।
सम्बन्धित
















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया