गोपाल हमालको र्यालीबाट अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ
मेरोन्यूज
२०७९ वैशाख ११ गते १४:३३

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयर पदमा उद्योगी गोपाल मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेका र्यालीबाट अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् । मेयर पदमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको गोपाल हमालसहितको र्यालीमा हमाल समर्थक नरेश बाजी अवैध लागुऔषध चरेशसहित पक्राउ परेका हुन् ।
र्यालीमा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम लागुऔषध चरेशसहित पक्राउ परेको प्रहरीले बतायो ।
‘गोपाल हमालको र्यालीमा रहेका नरेश बाजीको साथबाट २० ग्राम अवैध लागु औषध मानिएको चरेश बरामद गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,’पक्राउ परेका बाजीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ, यस सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।’
सम्बन्धित















कांग्रेसले कैलालीका ५ क्षेत्रमा टुंग्यायाे उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया