कांग्रेसबाट महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा देउवाको काँधमा

काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा सभापति शेरबहादुर देउवाको काँधमा आएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
बैठकले महानगरको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेको थियो । तर, अन्तिम अवस्थामा देउवालाई टिकट वितरणको पूर्ण अधिकारी दिने भएको हो ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरमा मेयर पाएको छ । यस्तै, वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ ।
यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने भएको छ भने जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयर पाएको छ ।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया