चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा
मेरोन्यूज
२०७९ वैशाख १२ गते ९:३५

काठमाडौं । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान-२०२२’ को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।
यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।
‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।
हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।
सम्बन्धित















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया