बुधबार, माघ ७, २०८२

बुढानिलकण्ठबाट २२ चिनियाँ नागरिक पक्राउ

मेरोन्यूज २०७९ वैशाख १२ गते १४:०१
फाईल तस्बिर

काठमाडौं । अध्यागमन विभागले २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुढानिलकण्ठबाट १० जना पुरुष र १२ जना महिला गरी जम्मा २२ जनालाई पक्राउ गरेको हो ।

अध्यागमन विभागका अनुसार उनिहरुलाई गैर कानुनी काम गरेको आशंकाका आधारमा सोधपुछका लागि पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले मेरोन्यूजलाई भने,‘उनिहरुको भिजाको प्रोसेस कस्तो हो, याहाँ के गर्दैछन् र गैर कानुनी काम गरेको आशंका लागेर उनिहरुलाई सोधपुछका लागि ल्याएका हौँ । ’

उनिहरुलाई विभागले सोधपुछ गरिरहेको महानिर्देशक भट्टराईले बताए । उनले भने,‘नियन्त्रणमा रहेका उनिहरुको सोधपुछ कार्य जारी छ ।’

प्रतिक्रिया