बुधबार, माघ १४, २०८२

कांग्रेस नेता सिटौलामाथि शर्मा हाबी : मेचीनगरको मेयरमा दुई पक्षका उम्मेदवारबीच विवाद (भिडियोसहित)

मेरोन्यूज २०७९ वैशाख १२ गते १५:०८

काठमाडौँ । नेपाली कांग्रेसले मेचीनगर नगरपालिकाको मेयरमा ईन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ । प्रदेश समितिको निर्णय उल्ट्याउँदै कांग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेयरको उम्मेदवार बनाएको हो ।

प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकीलाई दिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले बुढाथोकी आधिकारिक उम्मेदवार भएको विज्ञप्ति नै प्रकाशित गरेका छन् ।

उक्त स्थान महामन्त्री विश्वप्रकाश शर्माको गृह नगरसमेत हो । तर, पाण्डे नेता कृष्णप्रसाद सिटौलानिकट हुन् ।

केन्द्रीय महामन्त्री शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको हो ।

उम्मेदवारी दर्ता गर्ने क्रममा पनि पाण्डे र बुढाथोकीबीच वादविवाद भएको थियो । मनोनयन दर्ता भर्ने ठाउँमा पाण्डेले पुष्पराज पौडेलले बोकेको फाइल नै खोसेका थिए । उम्मेदवारी दिने क्रममा दुवै नेताहरूले फारम भरेका थिए ।

प्रतिक्रिया